संयुक्त अरब इमिरेट्सको राजधानी आबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन निष्क्रिय पार्ने क्रममा एक नेपाली नागरिकको ज्यान गएको छ। मृत्यु हुनेमा गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले जनाएका छन्। यूएई सरकारले त्यहाँस्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारलाई मृतकबारे औपचारिक जानकारी गराएको हो। श्रेष्ठ सुरक्षा गार्डका रूपमा कार्यरत रहेका थिए। ड्रोन आक्रमणलाई निष्क्रिय […]