काठमाडौँ। शेरबहादुर खड्का स्मृति प्रतिष्ठान बालकोटको आयोजनामा नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता २३ देखि २६ पुससम्म हुने भएको छ। प्रतियोगितामा तीन विभागीयसहित पाँच टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी गराए। नेपाल प्रहरी, सेना, एपीएफ, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबको सहभागिता रहनेछ। सहभागी […]