काठमाडौं – नेकपा एमालेका नेताहरू प्रधानमन्त्री सुशीला कार्कीसँग प्रत्यक्ष भएको पहिलो वार्ता सकेर निस्किएका छन् । जेन-जी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिबीच पहिलो पटक नेकपा एमालेका दोस्रो तहका नेताहरू र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक सिधा संवाद भएको हो । उनीसँग संवादका लागि एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पूर्वप्रमुख सचेतक महेश बर्तौला बालुवाटार पुगेका […]