काठमाडौं उपत्यकामा ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन

काठमाडौं– गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ युवाको प्रदर्शनका क्रममा ट्राफिक कार्यालयको भवनमा आगजनी हुँदा बन्द भएको ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन हुने भएको छ । यही कात्तिक ११ गतेदेखि पुनः ट्राफिक सचेतना कक्षा सञ्चालन गर्नेगरी सम्पूर्ण तयारी पूरा भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । […]