नर्सहरुको आन्दोलन देशव्यापी बन्दै, धम्की दिएर दबाउने कसरतमा स्वास्थ्य संस्था सञ्चालक

चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका नर्सहरूले गत असोज ८ गते सुरु गरेको आन्दोलन हाल पोखरास्थित गण्डकी, मणिपाल मेडिकल कलेज, विराटनगरस्थित विराट मेडिकल कलेज, काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, भैरहवास्थित युनिभर्सल मेडिकल कलेजलगायतमा समेत फैलिएको छ।