प्रधानमन्त्री राहत कोषमा साढे १३ अर्बभन्दा बढी मौज्दात, बाढी प्रभावितका लागि १ अर्ब निकासा

प्रधानमन्त्री राहत कोषमा आर्थिक संकलन बढ्दै जाँदा कुल मौज्दात १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार कोषमा जम्मा भएको रकममध्ये नौ वाणिज्य बैंकका खातामा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५१७ रुपैयाँ मौज्दात छ। यसैगरी दुई वाणिज्य बैंकका खातामा २ करोड ३६ लाख […]