रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर मानवीय संकट खडा गरेको छ । बाढी आएको पाँचौं दिनसम्म पनि मृतक, बेपत्ता र प्रभावित नागरिकको वास्तविक संख्या स्पष्ट हुन नसक्नु आफैंमा चिन्ताको विषय हो । आइतबार दिउँसोसम्म ७५२ शव फेला पर्नु र २ हजार ५०२ जना अझै सम्पर्कविहीन रहेको सरकारी तथ्यांकले विपत्तिको […]