पाल्पामा पहिरोले घर पुरिँदा एकको मृत्यु, दुई किशोरी बेपत्ता

पाल्पा । अविरल वर्षासँगै आएको पहिरोले घर र गोठ पुरिँदा पाल्पामा एक जनाको मृत्यु भएको छ भने दुई किशोरी बेपत्ता भएका छन्। आइतबार बिहान करिब ४ बजे माथागढी गाउँपालिका–३ भैसेकट्टामा पहिरो खस्दा घर र गोठ पुरिएको हो। पहिरोमा परी स्थानीय ७५ वर्षीय लिलबहादुर घर्ती मगरको मृत्यु भएको छ। उनको शव फेला परेको प्रहरीले जनाएको छ। […]