त्यो असारजस्तो किन छैन यो असार ?

ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीतल जलकणले सिञ्चित गर्दै आउने असार प्रकृति, श्रम र मानव जीवनको अनुपम महाकाव्य हो । खडेरीले चिरा परेका खेतका गरा पानीले भरिएर ऐनाजस्तै टल्किँदा र डाँडाकाँडाले हरियो घुम्टो ओढ्दा धर्तीले नवजीवनको वरदान पाउँछ । भ्यागुताको ट्यार–ट्यार क्रन्दन, पहाडे कुलोको सुसेली र तराईमा वर्षाको दर्कोले वायुमण्डलमा अलौकिक सङ्गीत भर्छ । तर, […]