एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष पुरुष र महिला खेलाडीको मनोनयन सार्वजनिक
१९ असारमा कैलालीको धनगढीमा हुने ‘सातौँ एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’को थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले वर्ष खेलाडी पुरुष र महिलाको मनोनयन सार्वजनिक गरेको हो ।