भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

‘हजुरबुबाले अनुमान गरेको जस्तै एउटा पाडोबाट सुरु गरेको घुम्तीगोठमा भैँसीको संख्या ३६ वटासम्म पुग्यो’, पूर्णबहादुरले भने, ‘भैँसी, राँगा, पाडापाडी र घ्यु बेचेरै घरव्यवहार चलाएँ, खेतबारी जोडेँ, चार छोराछोरीलाई पढाएँ, ठाउँमा पुर्‍याएँ ।’