इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड

तेहरान– इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड दिएको जनाएको छ। इरानी न्यायपालिकाको आधिकारिक वेबसाइटका अनुसार यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्तचर निकायलाई सहयोग पुर्‍याउँदै जासुसी गरेको अभियोगमा दोषी ठहर गर्दै शनिबार मृत्युदण्ड कार्यान्वयन गरिएको हो। अदालतका अनुसार करिम्पोरले सुरक्षासम्बन्धी संवेदनशील तथा सैन्य स्थानहरूको तस्बिर खिचेर मोसादका अधिकारीसम्म पुर्‍याएको अभियोग प्रमाणित भएको जनाएको […]