...जब कर्णालीका माओवादी सांसदहरू बैठक छोडेर प्रचण्डको पछि लागे
दिउँसो ३ बजेका लागि तय गरिएको बैठक सभामुख नन्दा गुरुङले प्रारम्भ गरिन् । तर, संसदमा फरक दृश्य देखियो । त्यो के थियो भने, संसदमा सत्तापक्षका सांसदहरू मात्रै उपस्थित थिए । कारण हो, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदहरूको अनुपस्थिति ।