उपाध्यक्ष पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण : एमाले

काठमाडौँ– नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी घोर प्रतिशोधपूर्ण, पूर्वाग्रहप्रेरित र गैरकानुनी रहेको ठहर गरेको छ । मंगलबार साँझ बसेको सचिवालयको नवौँ बैठकले राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित भएर गरिएको गिरफ्तारीको दृढतापूर्वक प्रतिवाद गर्दै बिनासर्त अविलम्ब रिहा गर्न माग गरेको छ । राज्य संयन्त्रको निरङ्कुश, प्रतिशोधपूर्ण र विभेदकारी कदमका विरुद्ध देशव्यापी रूपमा राजनीतिक प्रतिरोध र भण्डाफोर […]