सरकारको सय दिने कार्यसूचीमा सम्पती छानबिनदेखि ट्रेड युनियन खारेजसम्म, अरु के के छन् ?

बालेन शाह नेतृत्वको सरकारले चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकमा स्वीकृत गरेको शासकीय सुधार अन्तर्गत सार्वजनिक गरिएको एक सय कार्यसूचीमा विभिन्न महत्त्वपूर्ण निर्णय समावेश गरिएको छ। यस सूचीले सरकारी कामकाजको पारदर्शिता, जवाफदेहिता र सुशासन सुनिश्चित गर्न केन्द्रित कदमहरू समेटेको छ। सूचीअनुसार, भदौ २४ गतेको घटनाको पुनः छानबिनका लागि उच्चस्तरीय समिति गठन गरिने निर्णय गरिएको छ। […]