काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले कोठा खोजिदिने निजी कम्पनीबाटै जातीय विभेद भएको भन्दै त्यसको विरोध संसद्मा जनाएकी छन्। प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद विकले लामो समयदेखि कोठा खोज्ने समस्याका कारण माइतीघर मण्डलामा अनशन बसेकी दीपा नेपालीको प्रसंगसमेत उठाइन्। उनले १५० दिनदेखि ‘सरकार, कोठा खै ?’ भन्दै अनशन बसेको घटनालाई स्मरण गराउँदै दलित […]