अरू प्रदेश बजेट कार्यान्वयनमा, सुदूरपश्चिम अझै ‘बजेट होलिडे’मा, बल्ल पुनर्लेखन गर्ने निर्णय

अन्य प्रदेशले चालु आर्थिक वर्षको बजेट ल्याएर कार्यान्वयनको चरणमा प्रवेश गरिसक्दा सुदूरपश्चिम प्रदेश भने अझै ‘बजेट होलिडे’को अवस्थामा छ। बजेटसमेत ल्याउन नसकेको प्रदेश सरकारले अब पुनरावलोकन र परिमार्जनसहित बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ। शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नवगठित सरकारका नीतिगत प्राथमिकतालाई समेटेर बजेट पुनर्लेखन गर्ने प्रक्रिया तीव्र बनाउने निर्णय गरेको […]