सांसदहरूले लामो समयदेखि घाटामा रहेको नेपाल वायु सेवा निगमलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) को नमूनाका आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार बसेको बैठकमा निगमको अवस्था, चुनौती र भावी कार्यदिशाबारे छलफल गर्दै सांसदहरूले यस्तो धारणा राखेका हुन्। छलफलमा सांसदहरूले निगम लामो समयदेखि घाटामा रहेको तथा अहिले पनि निगमका दुईवटा जहाज […]