म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका छन् । देशका धेरै ठाउँका बगैँचा रित्तिएपछि उनीहरूले सुन्तला टिप्न थालेका हुन् । दोसल्लेका किसानले विगतको तुलनामा यसपालि राम्रो मूल्य पाएका छन् । यसअघि मङ्सिर–पुसमा प्रतिक्रेट (बीस किलो) एक हजार ७०० मा बिक्री हुने गरेको थियो । […]