राष्ट्रियसभामा लुम्बिनीबाट झाँक्री, केसी र घिमिरे निर्वाचित

३ पदका लागि आइतबार भएको निर्वाचनमा महिलातर्फ रामकुमारी झाँक्री, खुलातर्फ चन्द्रबहादुर केसी र अपांगतार्फ बाशुदेव घिमिरे (जंगली) निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिए ।