काठमाडौँ। राष्ट्रिय सभाको सोमबारको बैठकले विभिन्न तीन अध्यादेश स्वीकृत गरेको छ। सिंहदरबारमा सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेशलाई सर्वसम्मतिले स्वीकृत गरेको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले तीनवटै अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसैगरी बैठकमा सार्वजनिक […]