पुरुष भलिबलः नेपाल तुर्कमेनिस्तानसँग पराजित

काठमाडौं- बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ । ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा नेपाल तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको हो । तुर्कमेनिस्तानले नेपाललाई पहिलो सेट २५-२२ ले पराजित गरेको छ भने खेलको दोस्रो सेटमा २५-१८ र तेस्रो सेटमा २७-२५ ले पराजित भएको हो । […]