राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको सातौँ वार्षिक साधारणसभामा सहभागी सांसद तथा सरोकारवालाहरूले खानेपानी क्षेत्रमा लगाइएको कर, विद्युत महसुल र उच्च ब्याजदर हटाउन सरकारसँग माग गरेका छन्। महासंघका अध्यक्ष खेमराज ओली को अध्यक्षतामा शुक्रबार काठमाडौंमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सदस्य सुशान्त वैदिक प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा बोल्दै […]