डा. स्वर्णीम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणलाई लक्षित गर्दै विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरूसँग विस्तृत छलफल गरेका छन्। अर्थ मन्त्रालयमा सोमबार आयोजित उक्त कार्यक्रममा बजेट तयारीको अवस्था, प्राथमिकता र अनुशासनका विषयमा अन्तरक्रिया गरिएको हो। छलफलमा अर्थ मन्त्रालय का सचिव डा. घनश्याम उपाध्यायले रकमान्तरसम्बन्धी अधिकार विषयगत मन्त्रालयमै केन्द्रित गर्ने निर्णय, बहुवर्षीय ठेक्काको […]