युद्धविराम लगत्तै लेबनानमा इजरायली बमबारी: २५४ को मृत्यु, शान्ति प्रक्रिया संकटमा

युद्धविरामको दायरालाई लिएर प्रमुख देशहरूबिच गम्भीर विरोधाभास देखिएको छ। प्रधानमन्त्री नेतान्याहू र राष्ट्रपति ट्रम्पले लेबनान यस सम्झौताको हिस्सा नभएको दाबी गरेका छन्। तर मध्यस्थकर्ताको भूमिकामा रहेका पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले लेबनान पनि सम्झौतामा समावेश रहेको बताउँदै सबै पक्षलाई संयम अपनाउन आग्रह गरे।