जनकपुरधाम। ढल्केवरबाट मधेस प्रदेशको राजधानी जनकपुरतिर प्रवेश गर्दै गर्दा मुजेलियामा एउटा भव्य धनुष र भगवान् रामसहितको सहिद गेटबाट गुज्रनुपर्छ। उता भारततिरबाट आउँदा सिमामा जानकी मन्दिरको प्रतिविम्बजस्तो प्रवेशद्वार पार गर्नुपर्छ। जनकपुरधामको ऐतिहासिक महत्त्व झल्काउने यी संरचना कटेर सहरी क्षेत्रतिर अघि बढेपछि चाहिँ जो कोही फोहोरको डंगुर देखेर आतेस मान्ने गरेका छन्। मुजेलियादेखि रामानन्द चोकसम्मै सडक वरिपरि […]