ब्लु बसबारे राष्ट्रिय सभामा मन्त्री वादीको जबाफ- महिला र पुरुषलाई अलग अलग यात्रा गराउन होइन

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले महिलाको सुरक्षालाई तत्काल सुनिश्चित गर्न लक्षित उपायका रूपमा ‘ब्लु बस’सेवा सञ्चालनमा ल्याइएको बताएकी छन्।बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले ‘ब्लु बस’ सेवा महिलालाई अन्य सार्वजनिक यातायात प्रयोग गर्नबाट रोक्ने वा नियमित सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्थापन...