सरकार र मृतक गणेश यादवका परिवारबीच ८ बुँदे सहमति, शहीद घोषणा गर्नेदेखि १० लाख राहतसम्म
सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका– २, तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुधन गुरुङबीच आठबुँदे सहमति भएको छ ।