म भन्न सक्दिनँ कुन दिन कुन समयमा देवकोटाजीसित मेरो पहिलो भेट भयो। हामी दुवैको जन्म डिल्लीबजार टोलमा भएको र त्यहीँ हुर्केका हुनाले बालककालदेखि नै हाम्रो परिचय भएको हुनुपर्छ। यति लामो अवधिसम्म हाम्रो परिचय बसीउठी, कैयौँ साहित्य–सम्मेलनमा कविता पाठ, समारोहहरूमा प्रवचनबाट र घरको आओतजाओतले पनि मैले देवकोटाजीको सच्चा रूप देख्न सकेको थिइनँ। २०१३ साल पौष महिनामा […]