नेपाल तयारी पोशाक उद्योग संघले नेपाली तयारी पोशाक उद्योगको पुनरुत्थान, निर्यात अभिवृद्धि तथा औद्योगिक प्रतिस्पर्धात्मकता सुदृढीकरणका लागि आवश्यक नीतिगत तथा संरचनात्मक सुधारका विषयमा प्रधानमन्त्रीसँग विस्तृत छलफल गरेको छ। संघका अध्यक्ष पशुपति देव पाण्डेको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गरी तयारी पोशाक उद्योगलाई पुनः नेपालको प्रमुख निर्यातमुखी उद्योगका रूपमा स्थापित गर्न आवश्यक नीतिगत सुधार, पूर्वाधार विकास […]