पर्सामा भारतीय नम्बर प्लेटको कारबाट २० किलोभन्दा बढी गाँजा बरामद, एक जना पक्राउ

काठमाडौँ । पर्सा प्रहरीले २० किलो ६८७ ग्राम गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार जगरनाथपुर गाउँपालिका-४ स्थित हुलाकी सडकमा सवारी जाँचका क्रममा भारतीय नम्बर प्लेटको कारबाट लागूऔषध बरामद गरिएको हो। प्रहरीले चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको बीआर ०६ बीएच ५४९६ नम्बरको कारलाई शंकाका आधारमा रोकी जाँच गर्दा […]