चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले परिस्थितिले आफूलाई अपरिपक्व हुने कुनै छुट नदिएको भन्दै अझ जिम्मेवार र परिपक्व नेतृत्व दिने प्रतिबद्धता व्यक्त गरेका छन् । चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट सभापतिमा निर्विरोध निर्वाचित भएपछि पद तथा गोपनीयताको शपथ ग्रहणपश्चात् सम्बोधन गर्दै लामिछानेले देशले रास्वपामाथि गरेको आशा र भरोसालाई कायम राख्न आफूले अझ […]