पेट्रोलियम मूल्य घटाउन कर पुनरावलोकन गर्न नेपाली कांग्रेसको सरकारलाई आग्रह

काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धि नियन्त्रण गर्न करका दरहरू पुनरावलोकन गरी मूल्य घटाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २ र ३ गते बसेको बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा पेट्रोलियम मूल्य नियन्त्रणका लागि तत्काल नीतिगत हस्तक्षेप आवश्यक रहेको उल्लेख गरिएको छ। कांग्रेसले […]