साथी, चिया पसलका पाँच वटा कुर्सी तिमी बिना रित्तै छन्, अब फर्किने बेला भयो!

साथी, आज फेरि म त्यही चिया पसलमा बसेको छु। उही मोड, उही धुलाम्मे बाटो, उही टिनको छाना, र बेलुकाको हावासँगै बजिरहेको उही कुकरको सिटी। पहिले यहीँ बसेर हामी चुनावको विश्लेषण गर्थ्यौं कसले देश बचाउँछ, कसले बिगार्छ, को आशा हो, को निराशा।