काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार बनाएको छ। एमाले निकट राष्ट्रिय युवा सङ्घका अध्यक्षसमेत रहेका थेबेलाई उम्मेदवार बनाउने निर्णय पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन् । हिजो बसेको सचिवालय बैठकले सो निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाउने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको थियो। सोही निर्णयअनुसार अध्यक्ष ओलीले थेबेलाई उम्मेदवार चयन गरेका हुन् […]