स्रोतसाधनको यथार्थ मूल्याङ्कनका आधारमा योजना तय गर्न सुझाव

काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजना (२०८३/८४–२०८७/८८)को अवधारणपत्र तयारीका लागि सरोकार भएका पक्षहरूसँग छलफल गरिएको छ ।  प्रदेश नीति तथा योजना आयोगले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रदेशको विकासका लागि आवधिक योजनामा समेट्नुपर्ने प्राथमिक विषयबारे विज्ञहरूबाट सुझाव सङ्कलनका लागि छलफल गरिएको हो । विज्ञहरूले प्रथम पञ्चवर्षीय योजनाका उपलब्धि, परिमाणात्मक लक्ष्यको प्रगति, प्रदेशको भौगोलिक, सामाजिक, आर्थिक विशेषता […]