धनुषा। मधेस प्रदेशका नवनियुक्त सभामुख रामअशिष यादवले आज (सोमबार) पदभार ग्रहण गरेका छन्। जनकपुरस्थित प्रदेशसभा कार्यालयमा पदभार ग्रहण गर्दै उनले आफू कुनै दलको प्रतिनिधि नभई सम्पूर्ण प्रदेशसभाको साझा अभिभावकका रूपमा निष्पक्ष भूमिका निर्वाह गर्ने बताए। सभामुख यादवले राजनीतिक दलहरूबीच संवाद र सहकार्यलाई बढावा दिनेसमेत बताए। “मतभेद स्वाभाविक हो। तर, सहकार्य अपरिहार्य छ‚” उनले भने। प्रदेशको […]