सरुवामा सामान्यको मनपरी उस्तै : एउटै पालिकामा खटाइए दुई प्रमुख प्रशासकीय अधिकृत

काठमाडौँ । कर्मचारी सरुवामा स्पष्ट मापदण्ड, पारदर्शिता र एकरूपताको बहस चलिरहेका बेला भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एउटै पालिकामा एकै पटक दुई जना प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। मन्त्रालयले मंगलबार गरेको सरुवा तथा कामकाजसम्बन्धी निर्णयमा पाँचथरको फालेलुङ गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सुमन यङया र जिल्ला निर्वाचन कार्यालय तेह्रथुममा कार्यरत सुनिता […]