नारायणी अस्पतालबाट एकदिने नवजात शिशु चोरी भएको आफन्तको गुनासो

वीरगञ्जस्थित नारायणी अस्पतालबाट एकदिने नवजात शिशु  हराएको आफन्तले गुनासो गरेका छन्। सर्लाहीको रामनगर नगरपालिका–३ निवासी रञ्जय दास र रिंकु देवी दासका एकदिने छोरालाई अस्पतालको गाइनो वार्डबाट अपरिचित महिलाले लिएर गएको परिवारजनले बताएका छन्।