अध्यागमन नीतिमा दोहोरो चरित्र देखाएको भन्दै सेक्रेटरी मुलिनमाथि कन्जरभेटिभहरूको तीव्र आलोचना

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका सेक्रेटरी मन्त्री मार्कवेन मुलिनले आममाफीको विरोध गर्दै सामाजिक सञ्जालमा राखेको धारणापछि आफ्नै समर्थक कन्जरभेटिभहरूको तीव्र आलोचना खेप्नुपरेको छ। ओक्लाहोमामा आयोजित अध्यागमनसम्बन्धी भाषणमा व्यक्त विचार र त्यसको केही घण्टामै सामाजिक सञ्जालमा पोस्ट गरिएको सन्देश एक-आपसमा बाझिएको भन्दै आलोचकहरूले उनको विरोध गरेका हुन्। ओक्लाहोमा सिटीमा आयोजित ‘नेसनल गभर्नर्स एसोसिएसन’को ग्रीष्मकालीन बैठकलाई सम्बोधन गरेपछि […]