नापजाँच सकिएको नौ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

काठमाडौँ। नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि धनुषाको बटेश्वर गाउँपालिकाका १८६ स्ववासी परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। नापी कार्यालय धनुषाले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी बटेश्वर गाउँपालिका-३ र ४ का १८६ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो। यी क्षेत्र साबिक बटेश्वर गाउँ विकास समितिका वडा नम्बर १ देखि ९ […]