प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा मुलुकका विभिन्न भागमा भएका पछिल्ला विपद्का घटनालगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ। प्रधानमन्त्रीको सचिवालयले बैठकमा आवश्यक निर्णयसमेत गरिने जानकारी दिएको छ।