नेपाली बजारमा आज सुनको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको हो। महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ मा कारोबार भइरहेको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ८५५ रुपैयाँ निर्धारण गरिएको छ। […]