सिजी मोटोकर्पले नेपालमा सुजुकीको पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल सुजुकी ई–भिटाराको आधिकारिक बुकिङ खुला गरेको छ। बुधबार पोखरामा आयोजित वाडा अटो शोमार्फत सार्वजनिक गरिएको यो गाडीको सुरुवाती मूल्य रु ४९,९९,००० तोकिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो विशेष मूल्य सीमित अवधिका लागि मात्र लागू हुनेछ र सुरुवाती भेरियन्टमा उपलब्ध रहनेछ। सुजुकीले पहिलो पटक नेपाली बजारमा […]