सर्लाहीको ईश्वरपुरमा यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते

सर्लाही – पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । आज साँझ जनकपुरबाट मलङ्गवा आउँदै गरेको ग१ख ९४९४ नम्बरको यात्रीबस ईश्वरपुर नगरपालिका–४ लच्का नजिकै दुर्घटनामा परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रजोश घिमिरेका अनुसार दुर्घटनामा परेर बसमा सवार १८ जना यात्रु घाइते भएका छन् । […]