क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पियाको निधन

काठमाडौँ । चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाको निधन भएको छ । ४८ वर्षे पियाको गए राति हृदयाघातबाट शनिवार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पिया २०८० मा भएको चितवन जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा साधारण सभाबाट अध्यक्ष निर्वाचित भएका थिए । उनको श्रीमती, एक छोरी र एक छोरी छन् ।