गाउँ पसेर जङ्गली हात्तीको उपद्रो

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर उपद्रो मच्चाएको छ । दैनिक रातको समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्क्याएका खाद्यन्न तथा बालीमा नास गर्न थालेको स्थानीयवासीले गुनासो गरेका छन् । स्थानीयवासी श्यामनारायण चौधरीका अनुसार गत शनिबार राति स्थानीय अमृत अधिकारीको घरका बार भत्काएर अन्न क्षति गरेको थियो । यसैगरी, स्थानीय पर्शुराम […]