एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ, करिब ९ करोड रुपैयाँ हिनामिनाको आरोपमा

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई ८ करोड ७८ लाख ३० हजार ८०२ रुपैयाँ हिनामिनाको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। सीआईबीले शुक्रबार साँझ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ गणेशचोकबाट शेर्पालाई पक्राउ गरेको हो। उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि नियन्त्रणमा लिइएको […]