रक्तदान जीवनदान हो, सबै स्वस्थ नागरिकले नियमित रक्तदान गरौँ : नेता आले

धनगढी । कैलालीको धनगढीस्थित नव जीवन अस्पतालमा बैतडी समाज कैलालीले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले आज रक्तदान गर्नु भएको छ । समाजसेवा र मानवताको भावनालाई आत्मसात् गर्दै नेता आले स्वयं उपस्थित भई रक्तदान कार्यक्रममा सहभागी हुनु भएको […]