इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच शनिबार बिहान टेलिफोनमार्फत कुराकानी भएको छ। इराकी भूमिबाट साउदी अरबको ईस्ट–वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएपछि दुई देशका विदेशमन्त्रीबीच यो वार्ता भएको हो। इराकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, दुई मन्त्रीबीच क्षेत्रमा विकसित पछिल्ला घटनाक्रम तथा दुवै देशका साझा चासो र सरोकारका विषयमा छलफल भएको थियो। विज्ञप्तिमा इराक र साउदी अरबबीच निरन्तर सम्पर्क, समन्वय र सहकार्य कायम राख्नुको महत्त्वमा दुवै पक्षले जोड दिएको उल्लेख […]